आम नागरिकहरू कसैले पनि आत्महत्याको बाटो नरोज्नुहोस् : गृहमन्त्री खाँण

काठमाडौं, २ असोज । आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यक्रमको आयोजना गरेको हो ।
आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेटसहितको प्रभात फेरि प्रदर्शनी मार्गबाट सुरु भई पद्मोदय मोड, पुतलीसडक, कमलादी हुँदै उक्त प्रतिष्ठानमा आएर कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले समाजमा कुनै पनि नेपालीको अकालमा मृत्यु नहोस् भन्नेतर्फ नेपाल सरकार सजग र प्रतिबद्ध रहेको बताएका थिए । राज्यको पहिलो दायित्व नै आम नागरिकको जीवन रक्षा गर्ने भएको उल्लेख गर्दै वर्तमान सरकार नागरिकको जीवन रक्षाको लागि प्रतिबद्ध रहेको उनले बताएका थिए ।
नागरिक सुरक्षा र हितका लागि सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि, आधुनिकीकरण, साधन स्रोतको समुचित प्रबन्ध गर्नेतर्फ नेपाल सरकार प्रतिबद्ध रहेको र यसमा समस्त जनप्रतिनिधिहरूले पनि साथ दिने विश्वास उनले व्यक्त गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


