धनुषामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु

जनकपुरधाम, २ असोज । धनुषामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ बस्ने ३० वर्षीय माधव श्रेष्ठ रहेका छन् ।
जनकपुरधामबाट महेन्द्रनगर जाँदै गरेको प्रदेश–२–०२–००३ प ५८०१ नम्बरको मोटरसाइकल जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयामा पल्टिएको थियो ।
मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


