सप्तरी, २ असोज । सप्तरीमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपनी गाउँपालिका–६ तेरहौता बस्ने २२ वर्षीय अभय चौधरी रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

जिल्लाको शम्भुनाथ नगरपालिका–३ शम्भुनाथ पेट्रोल पम्पस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०१–००१ ह ९६२२ नम्बरको सिटी रिक्शा र विपरित दिशाबाट आउँदै गरेको अनटेस्ट मोटरसाइकललाई ठक्कर दिएको थियो ।

सिटी रिक्सा र चालक प्रहरीको नियन्त्रणमा रहेको तथा दुर्घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।