प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य

काठमाडौं, १ असोज । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य गरेका छन् ।
शनिबार बसेको अन्तिम बैठकमा शीर्ष नेताहरूको सम्बोधन सकिएसँगै उनले संसद अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।
प्रतिनिधिसभाको चालू अधिवेशन शनिबार राति १२ बजेबाट स्वतः अन्त्य हुनेगरी यो बैठक स्थगित गरिएको भन्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पत्र प्राप्त भएको जानकारी पनि गराए ।
यसक्रममा सबैलाई धन्यवाद दिँदै सभामुख सापकोटाले भने, ‘प्रतिनिधिसभाको यस कार्यकाललाई सफल बनाउन सहयोग गर्नुहुने माननीय सदस्यहरू, दलका नेताहरू, कानुनविद्, सञ्चारकर्मी, बुद्धिजिवी, नागरिक समाज, संसद सचिवालयका कर्मचारी लगायत सम्बद्ध सबैलाई धन्यवाद दिन चाहन्छु ।’
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति कार्यालयसमक्ष पठाउने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयसँगै शनिबार अन्तिम बैठक बसेर बैठक अन्त्य गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


