नागरिकता विधेयक प्रमाणीकरण गर्न माग गर्दै संघर्ष समितिको धर्ना

काठमाडौं, १ असोज । नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै नागरिकताविहीन संघर्ष समितिले धर्ना दिएको छ ।
नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीघ्र प्रमाणीकरण गर्नुपर्ने माग गर्दै शनिबार नागरिकताविहीन संघर्ष समितिले माइतीघर मण्डलामा धर्ना दिएको हो । नागरिकता विधेयक संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पुगिसकेको भए पनि उनले हालसम्म प्रमाणीकरण गरेकी छैनन् ।
संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले आफुहरु नेपाली नागरिकताविहीन हुँदा अनेकौँ सास्ती बेहोर्नुपरेको बताए । आफुहरु नेपाली नागरिक बुबाआमाका सन्तान र नेपाली आमाको सन्तानलाई नागरिकता दिनुपर्ने माग गर्दै आन्दोलित भइरहे पनि हालसम्म मागको सम्बोधन नभएको उनले बताए ।
सरकारले आफूहरुको संविधानसम्मत् मागलाई पूरा गर्नुपर्ने र राष्ट्रपतिले नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्नुपर्ने उनले बताए । धर्नामा सहभागीले आफूहरुको भविष्यमाथि खेलबाड नगर्न सरकारसँग आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


