डाक्टर केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

काठमाडौं, १ असोज । धनगढीमा अनशनरत डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
केसीको सत्याग्रहमा ऐक्यबद्धता जनाउँदै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।
डा केसी विभिन्न सात बुँदे माग राखी धनगढीमा ६ दिनदेखि अनसनमा छन् । सोलिडारिटी फर डाक्टर केसी अलाइन्सको आह्वानमा शनिबार उक्त प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीले जो निजी अस्पतालको मालिक, उही स्वास्थ्य मन्त्री ? स्वार्थको द्वन्द्वसम्बन्धी कानुन खै ?, उपचार गर्न काठमाडौं कहिलेसम्म धाउनुपर्ने ? लगायत प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


