विद्यालयको पठनपाठन ठप्प गरी पार्टी प्रवेश कार्यक्रमको आयोजना

सिरहा, ३१ भदौ । मधेस प्रदेशको सिरहा जिल्लामा नेकपा एमालेले विद्यालयको पठनपाठन ठप्प गरेर पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको छ ।
सिरहाको गोलबजार–८ मा अवस्थित जनता नमूना माध्यमिक विद्यालयको पठनपाठन ठप्प गरी एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओली समेत उपस्थित थिए ।
कक्षा १२ सम्म कक्षा सञ्चालन भइरहेको यस विद्यालय परिसरमा शुक्रवार नेकपा एमाले जिल्ला कमिटीले पार्टी प्रवेश तथा आमसभा आयोजना गरेको थियो । जसका कारण यस विद्यालयमा अध्ययनरत विद्यार्थी पठनपाठनबाट वञ्चित भएका थिए ।
विद्यालय बन्द गरिएकोबारे व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकले कुनै प्रतिक्रिया दिन चाहेका छैनन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


