भारतबाट हवाई इन्धनसँगै डिजेल र पेट्रोलको मूल्य घटेर आयो

काठमाडौं, ३१ भदौ । भारतबाट हवाई इन्धनसँगै डिजेल र पेट्रोलको मूल्य घटेर आएको छ ।
डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाई इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेर आएको निगमले जनाएको छ ।
यसअघि तीन पटकसम्म घटेर नयाँ मूल्य प्राप्त हुँदा पनि निगमले नेपालमा भने इन्धनको मूल्य घटाएको थिएन । नयाँ मूल्यअनुसार निगमलाई अब पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ बढी घाटा रहेको निगमले जनाएको छ ।
हाल निगमले पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र डिजेल १७८ रुपैयाँ प्रतिलिटर बिक्री गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


