नयाँ बानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाइयो

काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ ।
शुक्रबार महानगरपालिकाले नयाँ बानेश्वर चोकमा सडक वरपर रहेका अनधिकृत संरचनामाथि डोजर चलाएको हो ।
सडक मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो । यसअघि १५ दिन अगाडि यो क्षेत्रमा रहेका संरचना हटाउन महानगरले आग्रह गरेको थियो।
काठमाडौं महानगरले पछिल्लो समय अनधिकृत संरचनामा हटाउन अभियान नै सञ्चालन गर्दै आएको छ । यसअघि भूमिगत पार्किङ हटाउने अभियान पनि महानगरपालिकाले बानेश्वर बाटै सुरु गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


