लोसपाले ३ असोजमा ‘विरोध दिवस’ मनाउने

काठमाडौं, ३१ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ३ असोजमा ‘विरोध दिवस’ मनाउने भएको छ ।
बबरमहलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको एक नेताले बताए ।
३ असोजका दिन देशले संविधान दिवस मनाउँदै आएको छ । तर, लोसपाले भने सधैँ संविधान दिवसको दिन भने विरोध सभा गर्दै आएको छ ।
३ असोज २०७२ मा नेपालमा संविधान जारी भएको थियो । संविधान जारी भएको दिन पारेर सरकारले सो दिन सार्वजनिक बिदासमेत दिने गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


