काठमाडौं, ३१ भदौ । निर्वाचन आयोगले भूमिहीनलाई तत्काल लालपुर्जा नदिन राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा स्वच्छता र निष्पक्षताका लागि भन्दै निर्वाचन आयोगले भूमि आयोग र मातहतका निकायबाट लालपुर्जा वितरणको काम चुनाव नसकिएसम्म रोक्न निर्देशन दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्यहरू तत्काल स्थगित गरी यथार्थ जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन राष्ट्रिय भूमि आयोग काठमाडौँलाई निर्देशन दिइएको छ ।

यस्तै आयोगले नेपाल सरकार, प्रदेश सरकार तथा पालिकालाई वैदेशिक भ्रमण नगर्न÷नगराउन पनि भनेको छ ।