दर्ता नभएका मोबाइल बिहीबारदेखि नचल्ने

काठमाडौं, ३० भदौ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको बताएको छ ।
गैरकानुनी रूपमा नेपालमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।
एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरू नेपालमा ल्याउन रोक लगाउने उच्च प्रविधि भएको प्राधिकरणले जनाएको छ ।यो प्रणाली कार्यान्वयन भएसँगै नेपाल भित्रिने सबै मोवाइल दर्ता गर्नुपर्नेछ ।
यदि दर्ता नभएको खण्डमा नेपालीमा ती मोबाइल सञ्चालन हुने छैनन् । मोवाइल खरिद गर्दा यो प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै खरिद गर्न प्राधिकरणले सूचित गरेको छ । मोबाइल आयताकर्ता र बिक्रेतालाई पनि प्राधिकरणले स्वीकृत लिई दर्ता भएका मोबाइलमात्रै बिक्री गर्न निर्देशन दिएको छ ।
‘यो प्रणाली सुरु भएसँगै मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न सकिने छ र अपराध न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ,’ प्राधिकरणले भनेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


