काठमाडौं, ३० भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई १० वर्षभित्रमा नेपाललाई दक्षिण एसियामा सम्पन्न मुलुकको रूपमा चिनाउने अभियानको रूपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्री कार्कीले आगामी निर्वाचनमा जनतालाई मत माग्ने र मत दिने मेसिनको रूपमा मात्रै नलिई आफूहरूले १० वर्ष भित्रमा कमसेकम नेपाललाई दक्षिण एसियाको सम्पन्न मुलुकको रूपमा चिनाउने अभियानको रूपमा अघि बढाउने बताएका हुन् ।

बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ को शुभारम्भ गर्दै उनले मुलुकको अर्थतन्त्र श्रीलंकाजस्तो हुनै नसक्ने दाबीसमेत गरे । केहीले मुलुकको अर्थतन्त्र श्रीलंकाको हालतमा अघि बढेको भन्दै भ्रम सृजना गरिरहेको तर त्यस्तो हुनै नसक्ने मन्त्री कार्कीको भनाइ थियो ।

उनले अर्थतन्त्रलाई चलायमान बनाई समुन्नत नेपाल निर्माण गर्नका लागि मुलुकका सामू धेरै सम्भावनाहरू रहेको पनि उल्लेख पारे ।उनले निजी क्षेत्रसँग हातेमालो गरेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा सरकार जानकार रहेको पटकपटक दोहो¥याए ।

त्यस अवसरमा मन्त्री कार्कीले ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ मुलुकको समृद्धिमा योगदान पु¥याउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सचेत गराए ।