रुपन्देही, २९ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी एक महिलाले परपुरुषसँगको सम्बन्ध लुकाउन आफ्नो श्रीमानको हत्या गरेकी छन् ।

तिलोत्तमा नगरपालिका–१५ सखुवानी बस्ने ग्रिजादेवी थारुले श्रीमान जगदीश चौधरीको हत्या गरेकी हुन् । मंगलबार बिहान ४२ वर्षीय जगदीशको शव आफ्नै घरमा विभत्स हत्या गरेको अवस्थामा भेटिएको थियो ।

उक्त घटनापछि प्रहरीले जगदीशकी श्रीमती ग्रिजादेवी र एक पुरुषलाई पक्राउ गरेको थियो । पक्राउ पर्ने पुरुष ५२ वर्षीय फुलचन्द्र बानियाँँसँगको अवैध सम्बन्धका कारण ग्रिजादेवीले श्रीमानको हत्या गरेको प्रहरीको दाबी छ ।

सोमबार राति एक बजे कोठामा सुतिरहेका जगदीशको टाउको र शरीरका विभिन्न भागमा ग्रिजादेवीले धारिलो हतियार अन्धाधुन्ध प्रहार गरेको रुपन्देही प्रहरी प्रमुख रवीन्द्र रेग्मीले बताए ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।