राष्ट्रपतिद्वारा नागरिकताबाहेक अन्य विभिन्न ५ वटा विधेयकहरु प्रमाणीकरण

काठमाडौं, २८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबाहेक अन्य विभिन्न ५ वटा विधेयकहरु प्रमाणीकरण गरेकी छन् ।
संघीय संसदको दुबै सदनको बैठकबाट पारित भएका ५ वटा विधेयकहरुलाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११३ को उपधारा २ बमोजिम भण्डारीले तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।
यस्तै स्टाण्डर्ड नाम र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपतिले यसअघि नै प्रमाणीकरणका लागि पेश भएको नागरिकता विधेयक भने प्रमाणीकरण गरेकी छैनन् । सो विधेयकबारे राष्ट्रपतिले निरन्तर परामर्श गर्दै आएकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


