काठमाडौं, २८ भदौ । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीलाई आउँदो पुसभित्र साधारणसभा सकेर पारित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

काठमाडौं महानगरपालिकाले सूचना निकालेर आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारीलाई पुसभित्र साधारणसभा सक्न र यसको १५ दिनभित्र प्रतिवेदन पारित गरेर महानगरमा बुझाउन निर्देशन दिएको हो ।

सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्न र सबै सदस्यलाई साधारणसभामा उपस्थितिका लागि आह्वान गर्न पनि सहकारीलाई महानगरले निर्देशन दिएको छ ।