धनुषामा बाँसको झाडीमा एक महिलाको शव फेला

जनकपुरधाम, २८ भदौ । धनुषामा एक महिलाको शव फेला परेको छ ।
जिल्लाको शहीदनगर नगरपालिका–३ पुलचौकमा एक महिलाको शव फेला परेको हो ।
मंगलबार बिहान पुलचौकस्थित नहर नजिक रहेको झाडीमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक हरिविष्णु ढकालले जानकारी दिए ।
परिचय खुल्न नसके पनि हरियो साडी लगाएकी र मधेसी मुलको महिला हुनसक्ने अनुमान गरिएको उनले बताए । शवको प्राकृतिक हेर्दा बलात्कारपछि हत्या गरेर फालेको जस्तै देखिएको उनले जानकारी दिए ।
‘बजारमा इन्द्र पूजाको अवसरमा मेला लागेको थियो । मृतक महिला साँझ ६/७ बजे मेला हेर्न घरबाट निस्केकी थिइन्,’ मृतककी सासूले भनिन्, ‘अबेरसम्म घर नफर्केपछि बुहारी खोज्न मेलामा गयौं तर त्यहाँ भेटिएन, मेले हेरेर घर आउँछे होला भन्ने सोच्यौं तर बिहानै बुहारीको लास भेटिएको खबर पाएँ ।’
मृतकको घरबाट केही दूरीमा रहेको स्कुलमा सोमबार राति मेला र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । मेलाकै मौका छोपेर उनको बलात्कार गरी हत्या भएको हुन सक्ने स्थानीयले बताए । मृतक महिलाका पनि चार वर्षदेखि वैदेशिक रोजगारीमा छन् । उनको एक ३ वर्षीय छोरी छिन् ।
घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढकालले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


