ओलीलाई जनकपुरधाम आगमनमा अवरोध गर्न खोजेका ११ जना पक्राउ

जनकपुरधाम, २७ भदौ । धनुषा प्रहरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरधाम आगमनमा अवरोध गर्न खोजेको आरोपमा ११ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई जनकपुरधाम विमानस्थल अगाडिबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए ।
ओलीलाई कालोझण्डा देखाउन खोजेको सूचनाका आधारमा उनीहरु पक्राउ परेको एसपी रजौरेले बताए ।
केपी ओली सोमबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न जनकपुरधाम आएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


