जबराको बाँकी बयान मंगलबार हुने

काठमाडौं, २७ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बाँकी बयान मंगलबार हुने भएको छ । भदौ २८ गते यो बयान अन्तिम हुनसक्ने अनुमान गरिएको छ ।
जबरालाई अहिलेसम्म ३५ प्रश्न सोधिएको छ । अब मंगलबार दशवटा प्रश्न उनलाई सोध्न सकिने बताइएको छ ।
सोमबारको बयानमा पनि चोलेन्द्रले आफूले न्यायपालिकाको आँच आउने कुनै काम नगरेको दोहोर्याएका छन् । उनले आफूमाथि महाअभियोग लगाउनु पर्ने कुनै कारण नभएको पनि बताएका छन् ।
जबराविरुद्ध १ फागुनमा प्रतिनिधिसभाका ९८ सांसदको हस्ताक्षरसहित महाअभियोग लगाइएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


