नक्कली नोटसहित एक भारतीय युवक पक्राउ

सिरहा, २७ भदौ । सिरहा प्रहरीले नक्कली नोटसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।
जिल्लाको बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट नेपाली रुपैयाँ ५ सय दरको ४ थान नक्कली नोटसहित भारत घर भएका १९ वर्षीय राजु सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।
बडहरीस्थित दशगजामा लागेको इन्द्र पूजा मेला हेर्न आएका राजुलाई प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा नक्कली नोटसहित पक्राउ गरेको बताइएको छ ।
प्रहरीले उनी सवार बीआर ३२ एएफ ५१०१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


