हेटौंडा, २७ भदौ । राप्रपाबाट बागमती प्रदेशको सांसद रहेकी रिता माझीले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै उनले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।

राप्रपाको निर्वाचित केन्द्रीय सदस्यसमेत रहेकी माझी गत निर्वाचनमा राप्रपाबाट रामेछापबाट बागमती प्रदेशसभा सदस्य भएकी थिइन् ।

पार्टीले सही नेतृत्व नपाएको बताउँदै उनले पूर्वाग्रही सोचबाट सिंगो पार्टी अघि बढ्न नसक्ने देखेर आफूले पार्टी परित्याग गरेको विज्ञप्तिमा उल्लेख गरेकी छन् ।