काठमाडौं, २६ भदौ । काठमाडौं महानगरपालिका–४ महाराजगञ्ज शंखपार्कस्थित सडकबाट प्रहरीले एक किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा धादिङ रुबीभ्याली गाउँपालिका–३ घर भई हाल काठमाडौं टोखा बस्ने ३० वर्षीय तोकमान तामाङ लगायत छन् ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको धातुसहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।