काठमाडौं, २६ भदौ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार झण्डै चार घण्टा लामो छलफलमा जुटे पनि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले सहमतिको बिन्दू फेला पारेका छैनन् ।

आगामि प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कसले कति सिट लिने भन्ने विषयमा टुंगो नलाग्दा यो बैठकमा सहमति जुट्न नसकेको हो ।

बैठकबाट निस्किएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बालुवाटारमा पत्रकारहरुसँग कुराकानी गर्दै अधिकांश विषयमा सहमति भएको दाबी गरेका छन् ।

केही कुराहरु मिलाउन बाँकी रहेकाले सोमबार विहान ८ बजे फेरि बालुवाटारमा छलफल गर्ने पनि उनले जानकारी दिएका छन् ।