जनकपुरधाम, २६ भदौ । महोत्तरीमा स्यालले टोकेर चार जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको पिपरा गाउँपालिका–६ मा स्यालले टोक्दा सोही गाउँपालिका रतौलीका १६ वर्षीय बबन चौधरी, ६५ वर्षीया सोनावती सदा, १३ वर्षीया रेणुकुमारी सदा र ३५ वर्षीया पुनमदेवी सोनार घाइते भएका छन् ।

एउटै स्यालले एकै टोलका चार जनालाई टोकेको स्थानीयको भनाइ छ ।

सामान्यतः राति मात्रै गाउँ आसपास आउने स्याल दिउँसै गाउँमा पसेर मान्छेलाई टोक्न थाले पनि स्थानीयवासी त्रसित भएका छन् ।

घाइते चारै जनाको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।