मधेशवादी दलका केही नेताहरु सहीदलाई बिर्सेर सत्तामोहमा लागे : तमलोपा अध्यक्ष लाल

जनकपुरधाम, २५ भदौ । तराई मधेस लोकतान्त्रिक पार्टीले सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
२०७२ साल भदौ २५ गते शहादत दिएका सहीदहरु संजय चौधरी, दिलिप यादव र नितु यादवको स्मृतिमा तमलोपाले शनिबार श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।
२०७२ साल भदौ २५ गते मधेस आन्दोलनको क्रममा ‘चलु जनकपुर, भरु जनकपुर’ कार्यक्रम अन्तर्गत विरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर उनीहरु सहीद भएका थिए ।
तमलोपाका नेता कार्यकर्ताहरुले पार्टी कार्यालयमा श्रद्धाञ्जली सभाको आयोजना गरी सहीदहरुको प्रतिमामा माल्यार्पण गरेका छन् ।
श्रद्धाञ्जली सभामा बोल्दै तमलोपाका अध्यक्ष वृशेष चन्द्र लालले मधेशी युवाको शहादतकै कारण मधेशवादी दलहरु स्थापित भएको स्मरण गरे । उनले पटक पटकको मधेस आन्दोलनमा दर्जनौं युवाहरुको शहादतकै परिणामस्वरुप अहिले देश संघियतामा गई मधेस प्रदेश र स्थानीय तहमा पनि मधेशवादी दलको सरकार बनेको जिकिर गरे ।
अहिले ति सहीदहरुलाई बिर्सेर केही मधेशवादी दलका नेताहरु सत्तामोहमा लिप्त बनेको गुनासोसमेत गरे ।
श्रद्धाञ्जली सभामा तमलोपाका नेताहरु उमेश मण्डल, बिभा ठाकुर, बिन्दु ठाकुर, सतिश लाल दास, रमेश प्रसाद अधिकारीलगायतकाहरूको उपस्थिती रहेको थियो ।






तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


