सर्लाहीमा जङ्गली हात्तीले दुईवटा घर भत्कायो

सर्लाही, २५ भदौ । सर्लाहीमा जङ्गली हात्तीले दुईवटा घर भत्काएको छ ।
जङ्गली हात्तीले गए राति हरिवन नगरपालिका–५ महतो टोलमा शङ्कर महतो र प्रकाश महतोको घर भत्काएको हो ।
हात्ती धपाउन कर्मचारी परिचालन गरिएको डिभिजन वन कार्यालयका प्रमुख मन्जुर अहमदले जानकारी दिए । हात्तीले घर भत्काएर घरभित्र रहेका अन्नपात खाएर क्षति पुर्याएको छ । बस्तीमै हात्ती आएर क्षति पुर्याउन थालेपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।
हात्तीका कारण स्थानीयवासी जङ्गलमा घाँस दाउराका लागि जान समेत सकेका छैनन् । स्थानीयवासी र प्रहरीको सहयोगमा हात्तीलाई जङ्गलतर्फ धपाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


