एमालेले सहजै बहुमत ल्याउने पोखरेलको दाबी

काठमाडौं, २५ भदौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले सहजै बहुमत ल्याउने दावी गरेका छन् ।
तर, यसका लागि हरेक पार्टी सदस्यले थप दुई नयाँ मतदाता बढाउनु पर्ने बताएका छन् ।
काठमाडौंमा आयोजित मोरङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले पार्टीले लिएको जे विचार छ त्यसलाई जनतासम्म पु¥याउन नसकेको हो की भनेर प्रश्न गरे ।
उनले कतिपय ‘छट्टुहरू’ले कमसल माल बेचिरहँदा एमालेले भने गरेको राम्रो कामको समेत जनतामाझ प्रचार गर्न नसकेको बताए । यसकारण निरन्तर जनतामाझमै रहन उनले कार्यकर्तालाई निर्देशन पनि दिए ।
उनले आगामी निर्वाचनमा नेकपा एमालेले चार प्रतिशत मत बढाए बहुमत पुग्ने पनि बताए ।
उनले भने, ‘यति भए सहजै एमालेको बहुमत पुग्छ ।’ काठमाडौंसहित अन्य जिल्लामा रहेका सम्पर्क मञ्चहरूले जिल्लाबाट आएका साथीहरूलाई संगठित गर्ने काम गरिरहेकोमा उनले प्रशंसा पनि गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


