सत्ता गठबन्धनले सिन्डिकेट खडा गरेर चुनावमा जान खोजिरहेको थापाको आरोप

काठमाडौं, २५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अन्य राजनीतिक दलहरूले सिन्डिकेट खडा गरेर चुनावमा जान खोजिरहेको बताएका छन् ।
शनिबार हेटौंडामा भएको एक कार्यक्रमका बीचमा थापाले एक्लाएक्लै निर्वाचनमा गए चुनाव नजितिने भएकोले गठबन्धनले सिन्डिकेट खडा गरेको बताएका हुन् ।
’एक्लाएक्लै जाँदा ती भ्रष्ट नेताहरूलाई जनताले हराउँछन्,’ उनले भने, ’विदेशीको चाकरी गर्ने नेताहरूलाई जनताले दण्ड दिन्छन् । नेपाली कांग्रेस, नेकपा माओवादी र मधेसी एउटा पार्टी कहिले सैद्धान्तिक हिसाबले एउटै ठाउँमा बस्ने पार्टी हो ?’
थापाले विदेशी शक्तिहरूले नेपालमा राष्ट्रवादी शक्ति बलियो नहोस् भन्ने चाहेको बताए । उनले विदेशी शक्तिहरूले भ्रष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउन सकियो भने भोलि आफूले भने अनुसारको काम गर्ने वातावरण बनाउन सकिन्छ भनेर रणनीतिक भित्रभित्रै खेल खेलिरहेको समेत बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


