राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष राय एमालेमा प्रवेश

काठमाडौं, २५ भदौ । राष्ट्रिय प्रजातन्त्र नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले रायलाई बालकोटमा खादा लगाई पार्टीमा स्वागत गरेका हुन् ।
कर्णाली विकास बैंकका अध्यक्ष रहेका राय २०७४ सालको निर्वाचनमा सल्यानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए ।
पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य गुलाबजङ्ग शाहको पनि उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


