चार दिनदेखि बेपत्ता आस्था मृत फेला

धनगढी, २४ भदौ । विगत चार दिनदेखि बेपत्ता भएकी धनगढीकी १६ वर्षीया किशोरीको शव फेला परेको छ ।
२० भदौमा विद्यालय जान्छु भनि हिँडेकी धनगढी उपमहानगरपालिका–१३ की १६ वर्षीया आस्था शर्मा शुक्रबार बिहान मोहना नदीमा मृत भेटिएकी हुन् ।
उनी बेपत्ता भएलगत्तै खोजीको लागि प्रहरी टोली खटिएको थियो । खोज्ने क्रममा आस्थाको शव भारततर्फको हल्दुघाटस्थित मोहना किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
शर्माले लगाएको ट्र्याकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको कैलाली प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
शवको पोस्टमार्टम गर्ने तयारी भइरहेको छ । आस्था सोमबार बिहान ‘स्कुल जान्छु’ भन्दै विद्यालयको पोसाकमा घरबाट निस्किएकी थिइन् । उनी बोराडाँडीस्थित त्रिभुवन माविको कक्षा–८ मा अध्ययनरत थिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


