ट्रकमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

काठमाडौं, २४ भदौ । काठमाडौं महानगरपालिका–१४ कलंकीमा गएराति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं बसन्तपुरका ३१ वर्षीय सुनोजमान डंगोल र पछाडि सवार ललितपुर बाडेगाउँका २२ वर्षीय अभिषेक महर्जन गम्भीर घाइते भएका थिए ।
घाइते दुवैको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेकोमा चालक डंगोलको राति पौने २ बजे मृत्यु भएको हो ।
गएराति १ बजे डंगोलले चलाएको प्रदेश ३०२ ००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रोकिराखेको बागमती प्रदेश ०३ ००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएको थियो ।
दुबै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


