काठमाडौं, २३ भदौ । राष्ट्रिय सभाअन्तर्गतको चार वटा संसदीय समितिका सभापतिहरूले बिहीबार शपथ लिएका छन् ।

चारजना नवनियुक्त सभापतिले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिका सभापति डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा (पार्वती)ले शपथ लिएका छन् ।