डेङ्गु देखिएपछि सिरहाका स्वास्थ्यकर्मी जनचेतना फैलाउँदै

सिरहा, २३ भदौ । सिरहाको गोलबजार नगरपालिकामा दुईजना डेङ्गु प्रभावित विरामी फेला परेपछि जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरु डेङ्गु फैलाउने लामखुट्टे नियन्त्रणको लागि जनताको घरघरमा पुग्नु थालेका छन ।
डेङ्गु सार्ने लामखुट्टे घर आसपासमै राखिने गमला, फूलदानी, एयर कण्डिसन, कुलर, पानी ट्यांकी, फालिएका प्लास्टिकका भाँडा र पुराना टायरहरूमा जमेको सफा पानीमा बस्ने भएकाले नियन्त्रणका उपायहरु बताउँदै कर्मचारी तथा जनप्रतिनिधीहरु घर घरै पुगेका हुन् ।
गोलबजार नगरपालिका–६ का दुईजना पुरुषमा डेङ्गुको जीवाणु भेटिएको नगर स्वास्थ शाखा प्रमुख सरोज कर्णले जानकारी दिए ।
गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठले सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, स्थानीय व्यवसायी तथा समाजसेवीहरुले डेङ्गु नियन्त्रण अभियानमा सघाउन अनुरोध गरेका छन । उनले जनप्रतिनिधि र कर्मचारीबाट मात्र डेङ्गु नियन्त्रण सम्भव नभएको भन्दै यसमा सवैको सहयोगको जरुरी रहेको बताए ।
यो अवधिमा व्यक्तिका घर, पसल तथा ग्यारेजहरूमा पुगेर डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजेर तीनका लार्भा नष्ट गर्ने काम गरेको नगर स्वास्थ्य शाखाका प्रमुख सरोज कर्णले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


