टिकटक बन्द गर्नुपर्ने माग गर्दै जनकपुरधाममा स्थानीय युवाहरूले गरे प्रदर्शन

जनकपुरधाम, २३ भदौ । सामाजिक सञ्जाल टिकटक बन्द गर्नुपर्ने माग गर्दै जनकपुरधाममा स्थानीय युवाहरूले प्रदर्शन गरेका छन् ।
टिकटकमा अश्लिलता प्रदर्शन गर्नुका साथै संस्कृतिसमेत बिग्रिरहेको भन्दै युवाहरुले संघर्ष समिति बनाएर प्रदर्शन गरेका हुन् ।
टिकटक बन्द गर्नुपर्ने, टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कारवाही गर्नुपर्नेलगायतका माग गर्दै उनीहरूले बिहीबार स्थानीय जनकचोकमा प्रदर्शन गरेका छन् ।
उनीहरूले टिकटकलाई बन्द गर, टिकटक भगाउ, आफ्नो देश बचाउलगायतका नारा लेखिएको प्लेकार्डसमेत बोकेका थिए ।
टिकटकमा अश्लिलता बाहेक अन्य केही नदेखिएको र यसले समाजमा विकृति फैलाइरहेकाले बन्द गर्नुपर्ने आवश्यकता रहेको उनीहरूको भनाइ छ ।
यसअघि युवाहरूले टिकटक बन्द गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र स्थानीय सरकारलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।
मधेस प्रदेशको रौतहट, महोत्तरी र सप्तरी जिल्लामा पनि स्थानीय युवाहरूले टिकटक बन्द गर्नुपर्ने माग गर्दै प्रदर्शन गर्नुका साथै ज्ञापनपत्र बुझाएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


