बिहीबार कुर्थादेखि बिजलपुरासम्म रेल चल्दै

जनकपुरधाम, २२ भदौ । दोस्रो चरण अन्तर्गत बिहीबार जनकपुरधामको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म रेल चल्न लागेको बताइएको छ ।
निमार्णको मुख्य कामहरु सम्पन्न भइसकेपछि यस खण्डमा रेल गुडाएर परीक्षण गर्न लागिएको हो ।
यसअघि पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म रेल सञ्चालनमा आइसकेको छ ।
दोस्रो चरणमा परिक्षणका लागि बिहीबार कुर्थादेखि विजलपुरासम्म रेलेको परिक्षण गरिने नेपाल रेल्वे कम्पनीका इन्जीनियर रबिन्द्र शाहले जानकारी दिए ।
उनले १७ किलोमिटर रेल्वे खण्डमा बिहीबार बिहान १० बजेदेखि ५ बजेसम्म रेल गुडाएर परिक्षण गर्न लागिएको बताए । प्रतिघण्टा १०० किलोमिटरको स्पिडमा रेल गुडाएर परिक्षण गरिने उनले जानकारी दिए ।
बिहीबारको ट्रायल सफल भएपछि भारतले बाँकी रहेको तेस्रो खण्डमा पनि छिट्टै रेल गुडाउने शाहले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


