धनुषामा धान खेतमा दुई किशोरीको शव फेला

जनकपुरधाम, २२ भदौ । धनुषामा धान खेतमा दुई किशोरीको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जिल्लाको नगराइन नगरपालिका–७ बस्ने स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै आएकी १९ वर्षीया आरतीकुमारी महराको शव फेला परेको हो ।
स्थानीयवासी खेतमा जाँदै गर्दा ती किशोरीलाई मृतावस्थामा देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले प्रहरी टोलीले किशोरीद्वयको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


