दशैँका लागि असोज १ देखि टिकट बुकिङ खुला

काठमाडौं, २२ भदौ । आउँदो दशैँको लागि यातायात व्यवस्था विभागले असोज १ देखि टिकट बुकिङ खुला गर्ने भएको छ ।
यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको विभागका महानिर्देशक टोकराज पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार उपत्यका बाहिर जाने यात्रुहरुले अग्रिम टिकट बुकिङको सुविधा लिन सक्ने छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


