संसदको आयु लम्बाउन नदिने एमालेको चेतावनी

काठमाडौं, २१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कुनै हालतमा संसदको आयु लम्बाउन नदिने चेतावनी दिएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले मनोनयन दर्ताको अघिल्लो दिन प्रतिनिधि र प्रदेशसभाको कार्यकाल समाप्त हुनै पर्नेमा जोड दिए ।
सरकारले दुई दिन भए पनि लम्बाएर कुनै हर्कत गरे चाहे एमाले त्यसको सधैँ विपक्षीमा उभिने बताउँदै त्यसलाई अनिवार्य रूपमा रोक्ने भट्टराईको भनाइ छ ।
’मनोनयन दर्ताको अघिल्लो दिन हाम्रो प्रतिनिधि सभा र प्रदेश सभाको समाप्त हुनै पर्छ । दुई दिन भए पनि लम्काएर अरु कुनै हर्कत गर्न तपाईंहरूले चाहनुभएको छ भने नेकपा एमाले त्यसको विपक्षमा छ । हामी अनिवार्य रुपमा त्यसलाई रोक्न चाहान्छौँ’ उनले भने ।
भट्टराईले निर्वाचनपछि पनि संसदको कार्यकाल यथावत् राख्ने कुरा विरोधाभाष हुने बताउँदै जनताले एउटै निर्वाचन क्षेत्रमा २ वटा सांसद देख्ने अवसर हुने भन्दै व्यङ्ग गरे । उनले यस्तो विरोधाभाष कुरा सरकार र कानुनीमन्त्रीले कसरी परिकल्पना गरेको भन्दै अचम्म लागेको व्यक्त गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


