जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

झापा, २० भदौ । झापामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–५ बस्ने २६ वर्षीय तिर्थराज गेलाल रहेको प्रहरीले जनाएको छ ।
गेलालले ती किशोरीलाई गत बुधबार ललाई फकाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई इटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


