एमाले अध्यक्ष ओली झापा–५ बाट उम्मेदवार सिफारिस

झापा, २० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् ।
क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झापा–५ का एमाले इन्चार्ज होम थापाले बताए ।
ओली २०७४ सालको चुनावमा ५७ हजार १३९ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २५७ मत ल्याएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


