पर्सा, २० भदौ । वीरगन्जबाट चोरी भएको यात्रुवाहक बस आज भेटिएको छ ।

बसपार्क नजिक भिस्वा चोकमा पार्किङ गरेर राखिएको ना. ८ क ७६४८ नम्बरको बस आइतबार चोरी भएको थियो। एकदिन पछि पर्साको छीपहरमाई गाउँपालिकाको वडा नं ५ भिस्वाबाट यात्रुवाहक बस भेटिएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक आयुश जोशीले बताए ।

आइतबार दिनभर खोजी गर्दा नभेटिएपछि सोमबार बिहान बसपार्क प्रहरी चौकीमा बस खोजी गरिदिन निवेदन परेको थियो । निवेदन परेको २४ घण्टा भित्र पर्सा प्रहरीले बस खोजेको छ  ।