ढल्केवरमा हात्तीको बितण्डा, स्थानीयको ७ वटा घर भत्कायो

जनकपुरधाम, २० भदौ । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा हात्तीले बितण्डा मच्चाउन थालेको छ ।
आइतबार राति जंगलबाट आएको हात्तीले ढल्केवरका ७ वटा घर भत्काएको हो ।
जंगलबाट गाउँ पसेको हात्तीले ढल्केवरस्थित नयाँ टोलमा चार र खानेपानी टंकीटोलमा तीनवटा घर भत्काएको हो ।
बसही खोला हुँदै नयाँ टोलमा प्रवेश गरेका हात्तीले घरहरु भत्काउन थालेपछि स्थानीयले आगो बालेर थाल पिट्दै हात्तीलाई लखेटेका थिए । स्थानीयले लखेटेपछि नयाँ टोलबाट भागेका हात्ती खानेपानी टंकी टोलमा गएर तीनवटा घरमा क्षति पुर्याएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए ।
हात्तीले मानवीय क्षति नगरेपनि घरभित्रका अन्नपात खाइदिएको उनले बताए । हात्तीले मिथिला नगरपालिकामा केही समयदेखि क्षति गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


