सर्लाहीबाट जुवा खेलिरहेको अवस्थामा एक दर्जन व्यक्ति पक्राउ

सर्लाही, २० भदौ । सर्लाही प्रहरीले जुवा खेलिरहेको अवस्थामा एक दर्जन व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जिल्लाको हरिवन नगरपालिका–१ बस्ने ३५ वर्षीय तेजबहादुर गोले, ५३ वर्षीय शंकर श्रेष्ठ, ३४ वर्षीय चान्द खाँ, हरिवन नगरपालिका–२ बस्ने ४९ वर्षीय टिकाप्रसाद घिमिरे, ३० वर्षीय भीम लामा, ४० वर्षीय हरि पौडेल र ३४ वर्षीय मानबहादुर थिङग रहेका छन् ।
त्यस्तै, कोडैना गाउँपालिका–२ बस्ने ५४ वर्षीय चुनीलाल चौधरी, पर्साको प्रसौनीभाठा नगरपालिका–२ बस्ने ५४ वर्षीय पानालाल प्रसाद साह, धनुषाको मिथिला बिहारी नगरपालिका–७ बस्ने ५९ वर्षीय ईश्वरी साह, महोत्तरीको बर्दिबास नगरपालिका–८ बस्ने २९ वर्षीय हिरा बहादुर श्रेष्ठ र महोत्तरीकै औरही नगरपालिका–२ बस्ने ३८ वर्षीय हरिनारायण महतोलाई पनि पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।
हरिवन नगरपालिका–२ स्थित छाप्रोमा कौडा खेलिरहेका उनीहरूलाई सोमबार बिहान २ बजेतिर पक्राउ गरिएको डीएसपी यादवले बताए ।
उनीहरुको साथबाट २ लाख ७१ हजार ६०० र भारतीय २५० रुपैयाँ, ४ थान कौडा, तास, हुक्का सानो इन्भर्टर एक थान बरामद भएको यादवले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


