नक्कली भ्याट बिल जारी गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, १९ भदौ । राजस्व अनुसन्धान विभागले नक्कली तथा झुठ्ठा मूल्य अभिवृद्धि कर विजक (भ्याट) जारी गरेको अभियोगमा तीन जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले भारतीय नागरिक धीरजकुमार जयसवाल, काठमाडौं महानगरपालिका–३२ का सुमनकुमार श्रेष्ठ र वीरगञ्ज महानगरपालिका–४ का राहुलकुमार जयसवालविरुद्ध १० करोड ९३ लाख दुई हजार छ सय ७६ बराबरको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको छ ।
विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको भए पनि आज सार्वजनिक रुपमा जानकारी दिएको हो ।
विभागले मूल्य अभिवृद्धि करतर्फ १ करोड ७१ लाख ३२ हजार १७०, आयकरतर्फ ३ करोड ७५ लाख १९ हजार १६८ गरी ५ करोड ४६ लाख ५१ हजार ३३८ बराबरको बिगो गरेको पाइएको छ ।
विभागले बिगोको दोब्बर बराबरको सजायको माग दाबी गरेको हो । त्यसअनुसार आरोपीमाथि १० करोड ९३ लाख २ हजार ६७६ रुपैयाँ बराबरको सजायको माग गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


