जबरालाई सोधियो थप पाँच प्रश्न, समितिको अर्को बैठक २५ गते बस्ने

काठमाडौं, १९ भदौ । महाअभियोग सिफारिस समितिको बैठक २५ भदौमा बस्ने भएको छ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग समितिले आइतबार पाँचवटा प्रश्न सोधेको थियो । आइतबारको बैठक एक घण्टा बसेको थियो ।
एक घण्टामा पाँच प्रश्न सोधिएको थियो । निर्वाचनको तयारीका लागि दलका नेताहरू जिल्ला जिल्लामा जानुपर्ने भएकोले बैठक ६ दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए ।
आइतबारको बैठकमा समिति सदस्यहरूले जबरासँग पूर्वडीआइजी रञ्जन कोइरालाबारे प्रश्न सोधेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


