भारतको बिहारमा चट्याङ लागेर एकैदिन १७ जनाको मृत्यु

एजेन्सी, १८ भदौ । भारतको बिहारमा चट्याङ लागेर एकैदिन १७ जनाको मृत्यु भएको छ ।
अल इण्डिया रेडियोका अनुसार पछिल्लो २४ घण्टामा बिहारका ६ वटा जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुँदा चट्याङबाट खेतमा काम गरिरहेका किसानको मृत्यु भएको हो ।
राज्यको गया जिल्लामा ३ बालबालिकासहित ५ जना तथा भोजपुर, औरङ्गबाद, जेहेनाबाद, कैमुर र रोहतास जिल्लामा १२ जनाले ज्यान गुमाएको अल इण्डिया रेडियोले जनाएको छ ।
गत जुन र जुलाईमा बिहार राज्यमा चट्याङ लागेर ६० जनाको मृत्यु भएको थियो ।
यसैबीच, बिहारका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएकाहरूका परिवारजनप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ४ लाख रुपैयाँ राहतस्वरूप उपलब्ध गराइने घोषणा गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


