काठमाडौं, १७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ भने २०६ जना नयाँ संक्रमित थपिएका छन् ।

सस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ५९५ जनाको पीसीआर परीक्षण गर्दा १३४ र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको छ ।

यस्तै शुक्रबार कोरोना सक्रिय संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये २ हजार ७३५जना होम आइसोलेसनमा रहेका छन् भने १५६ जना संस्थागत आइसोलेसन र ४१ जना आईसीयूमा छन् । यस्तै ६ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार ४४३ पुगेको छ ।