खुकुरी प्रहार गरेर श्रीमतीको हत्या, श्रीमानले आफ्नो पेटमा पनि हाने खुकरी

कास्की, १७ भदौ । कास्कीको पोखरा महानगरपालिका–१४ छिनडाडामा घरायसी विवादका कारण श्रीमानले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।
विवादका कारण शुक्रबार बिहान स्थानीय लोकबहादुर गुरूङले उनकी श्रीमती विमला गुरूङलाई खुकुरी प्रहार गरेर हत्या गरेको कास्की प्रहरीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार श्रीमतीको हत्यापश्चात् श्रीमान लोकबहादुरले आफ्नो पेटमा पनि खुकरी हानेका थिए ।
प्रहरी निरीक्षक खड्काले बिहान साढे ८ बजेतिर श्रीमानले श्रीमतीको टाउकोमा खकुरी प्रहार गरेर त्यही खुकुरी आफ्नो पेटमा हान्दा गम्भीर घाइते भएका छन् ।
घाइते लोकबहादुरको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


