काठमाडौं, १७ भदौ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ ।

आयल निगमका अनुसार डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढेको हो । अब डिजेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ ।

त्यस्तै, मट्टितेलको मूल्य पनि सोही दरले बढेर १७८ रुपैयाँ प्रतिलिटर पुगेको निगमले जनाएको छ । पेट्रोलको मूल्य भने १८१ रुपैयाँ प्रतिलिटर नै कायम राखिएको छ ।

यता हवाइ इन्धन (आन्तरिक) को १९० रुपैयाँलाई नै निरन्तरता दिइएको छ भने हवाइ इन्धन (बाह्य) को प्रतिलिटर १.६४५ अमेरिकी डलर नै कायम छ । यता एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १८ सय रुपैयाँलाई नै निरन्तरता दिइएको छ ।

बढेको मूल्य बिहीबार राति १२ बजेदेखि कार्यान्वयनमा आएको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर सूची पठाएपछि निगमले डिजेलको मूल्य बढाएको हो ।