काठमाडौं, १७ भदौ । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको नाम समानुपातिक तर्फबाट सिफारिस भएको छ ।

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ को क्षेत्रीय समितिले प्रतिनिधि सभाका लागि निधिको नाम समानुपातिकमा सिफारिस गरेको नेपाली कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितिश कुमार गुप्ताले जानकारी दिए ।

२०७४ सालको निर्वाचनमा निधि लोसपा नेता राजेन्द्र महतोसँग पराजित भएका थिए ।

यसपटक पनि आफू अनुकूल चुनावी परिणाम नआउने संकेत पाएपछि निधि समानुपातिकमा रहेर सिट सुरक्षित गर्न चाहेका थिए ।त्यसको जानकारी उनले पार्टी सभापति शेरबहादुर देउवालाई गराइसकेको उनी निकट एक नेताले बताए ।

राजेन्द्र महतोले आगामी मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा धनुषा ३ सँगै सर्लाहीको ४ र २ मा पनि चुनाव लड्न प्रस्ताव आएको बताएका छन् । उनी कहाँबाट निर्वाचन लड्छन् भन्ने एकिन भइसकेको छैन ।